११ जना साउदी राजकुमार पक्राउ

साउदी अरबको प्रहरीले साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउदको सत्ता विरोधी गतिविधिमा सम्लग्न भएको आरोपमा ११ जना राजकूमारलाई पक्राउ गरेको साउदी अरेबिरयाका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकारले राजपरिवारलाई उपलब्ध गराउँदै आएको बिजुली र पानीको सुविधा कटौती गर्ने घोषणापछि उनीहरुले राजधानी रियादमा सरकार विरुद्ध प्रदर्शन गरेका थिए । पक्राउ परेकाहरुमाथि सर्वसाधारणको दैनिकी प्रभाव पार्ने गरी प्रदर्शन गरिएको र दरबारमा रहेर दरबार विरोधी गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताएको छ ।
प्रदर्शनका क्रममा उनीहरुले आफ्ना आफन्तहरुलाई दिइने भनिएको मृत्युदण्डको सजायको निर्णय उल्ट्याउनु पर्ने मागसमेत गरेका छन् । यता साउदी सरकारले भने देशमा छाएको आर्थिक मन्दीका सुविधा कटौती गर्ने निर्णय गरेको जनाएको छ ।
सुधार कार्यक्रमअन्तर्गत साउदी सरकारले केही महिनाअघि केही उच्च पदस्थ अधिकारीलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेको थियो ।