कतारको आकाशमा आज ब्लु सुपरमुन देखिने

कतार क्यालेन्डर हाउसले आज साँझ चन्द्रमा पूर्णिमाको चरणमा पुग्ने र यो गर्मी मौसममा चौथो पूर्णिमा परेको जनाएको छ । यस्तो अत्यन्तै दुर्लभ घटनालाई ‘ब्लू सुपरमुन’ भनिन्छ। जब पूर्ण चन्द्रमा पृथ्वीको कक्षाको सबैभन्दा नजिकको बिन्दुमा उदाउँछ, यसलाई ‘सुपरमुन’ भनिन्छ। अर्कोतर्फ, एक महिना भित्र दुई पूर्णिमा वा एक मौसममा चार पूर्णिमा हुँदा ‘ब्लु मुन’ हुन्छ।
कतारमा निलो सुपरमुन कहिले देख्न सकिन्छ ?
निलो सुपरमुन कतारको आकाशमा आज साँझ ६:०७ देखि भोलिपल्ट २० अगस्ट २०२४ बिहान ५:३३ बजेसम्म देखिनेछ ।