बिज्ञापन

रिलिज पुर्ब शत्रुगतेलाई एक करोड एघार लाख

फिल्म शत्रुगतेको अनलाई डिजीटल र अन्तराष्ट्रिय प्रदर्शनको अधिकार विक्री गरिएको छ । निर्माण पक्षले ओएसआर डिजीटललाई एक करोड एघार लाखमा प्रदर्शन अधिकार विक्री गरिएको जानकारी गराएको छ ।

फिल्म शत्रुगते सबैको लागि आशातित फिल्म बनेको छ । फिल्ममा अहिलेका चल्तिका नायक पल शाहदेखी पुराना बरिष्ठ कलाकारद्धय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ सम्म सामेल भएका छन् । यसो त किरण केसीको साथमा मह जोडीको निर्माण भनिएको यो फिल्म दर्जनौं कलाकार समावेश भएको फिल्म हो ।

फिल्ममा छक्का पञ्जा क्याम्पका दुई क्याप्टेन दिपक राज गिरी र दिपाश्री निरौला पनि सहभागी छन् । यस कारण फिल्मले अन्तराष्ट्रिय बजार कब्जा गर्ने अनुमान र सामाजिक सञ्जालमा रुचाईने संकेतले ओएसआरले यति धेरै रकममा फिल्म लिएको बुझिएको छ ।

फिल्म जात्राका निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेको कारण पनि फिल्मप्रति दर्शकको अपेक्षा बढि रहेको छ । फिल्ममा पल शाह, आँचल शर्मा, प्रियंका कार्की, दिपक राज गिरी, दिपाश्री निरौला, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, बसुन्धरा भुषाल लगायतको मूख्य अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button