अगस्ट ३१ सम्म ट्राफिक जरिवानामा ५० प्रतिशत छुट
अगस्ट ३१ सम्म ट्राफिक जरिवानामा ५० प्रतिशत छुट हुने ट्राफिक विभागले पुन बताएको छ ।
ट्राफिक उल्लंघनको जरिवाना भुक्तानीलाई सहज बनाउन यस्तो पहल सुरु गरिने विभागले गत जुन महिना बाट छुट सुरु गरेको थियो ।
पहल अनुसार ट्राफिक नियम उल्लङ्घन गरी तिर्न बाँकि जरिवाना चालकले आगामी अगस्ट ३१ को समयसीमामा तिरे ५० प्रतिशत छुट पाउनेछन् । जरिवाना मेट्राश २ एप मार्फत भर्न सकिन्छ । त्यस्तै जरिवाना तीन वर्ष भन्दा यताको हुनुपर्ने विभागले बताएको छ ।
राडार,ट्राफिक प्रहरीले समातेको,सवारी जफत लगायतको जरिवानामा आधा छुट हुनेछ ।
त्यस्तै यसै वर्षको सेप्टेम्बर महिनाबाट ट्राफिक जरिवाना भुक्तानी नगरी कतार छोड्न नपाइने पनि नियम लागू हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
1
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो