बिज्ञापन

कतारमा ईदको रौनक: कहाँ के हुँदैछ?

दोहा, जुन ५, २०२५ — कतारमा ईद अल अधा पर्वको अवसरमा सार्वजनिक बिदासँगै तीन दिन लामो सप्ताहन्त सुरु हुँदैछ। यस पर्वलाई अझ विशेष बनाउँदै, कतारको राजधानी दोहासहित विभिन्न स्थानहरूमा परम्परा र आधुनिक रमाइलोको समिश्रणमा आधारित विविध सांस्कृतिक कार्यक्रम, मनोरञ्जन र सामुदायिक उत्सवहरू आयोजना हुने भएका छन्।

एशियन टाउनमा नमाज र सामुदायिक उत्सव

ईदको मुख्य आकर्षणका रूपमा, जुन ६ तारिख बिहान ४:१५ बजे, एशियन टाउन क्रिकेट स्टेडियमको पार्किङ क्षेत्रमा सामूहिक ईद अल अधा नमाज आयोजना हुनेछ। सहभागीहरूलाई समयमै पुग्न आग्रह गरिएको छ।

नमाजपछिको दुई दिन, जुन ६ र ७, बेलुका ४:३० बजेबाट राति ९:३०बजेसम्म एशियन टाउन, बरुआ स्पोर्ट्स कम्प्लेक्स, अलखोर र औद्योगिक क्षेत्र, बरुवा बराहामा विविध कार्यक्रम आयोजना हुनेछ। 
गृह मन्त्रालयको पहलमा आयोजना हुने यस उत्सवमा सांगीतिक प्रस्तुति, पाकिस्तानी कलाकारहरूको सांस्कृतिक कार्यक्रम, विद्यालय र सामुदायिक टोलीहरूको प्रस्तुति, राफल ड्र, निःशुल्क स्वास्थ्य परीक्षण तथा सुरक्षा जनचेतना कार्यशालाहरू समावेश छन्। सबै कार्यक्रम निःशुल्क र सार्वजनिक रूपमा खुला छन्।

📍 स्थानहरू :

१. एसियन टाउन क्रिकेट स्टेडियम
२. बरुआ स्पोर्ट्स कम्प्लेक्स, अलखोर
३. औद्योगिक क्षेत्र, बरुवा बराहा
📅 इदको पहिलो र दोस्रो दिन, 🕟 समय: साँझ ४:३० – ९:३० बजेसम्म
🎟️ प्रवेश: निःशुल्क

मुख्य आकर्षणहरू:
🎶 साङ्गीतिक कार्यक्रम (विद्यार्थी तथा समुदाय) , 🎁 लक्की ड्र उपहार, 🩺 निःशुल्क स्वास्थ्य जाँच, 🔒 सुरक्षा तथा सचेतना कार्यक्रम

ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुँदै

कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी  प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको पहिलो दिन एसियन टाउन अम्पिथिएटरमा आयोजना हुनेछ। कार्यक्रम साँझ ६:३०बजेबाट सुरु हुनेछ।

कार्यक्रममा भोजपुरी, नेपाली र मैथिली मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको तगडा उपस्थिती रहनेछ। प्रमुख आकर्षणमा भोजपुरी सुपरस्टार केसरि लाल यादव रहनु हुनेछ, जसले आफ्नो दमदार प्रस्तुति मार्फत दर्शकलाई झुमाउनेछन्। साथै, अम्रपाली दुबे, अनमोल केसी, पल शाह, स्वस्तिमा खड्का, भुवन केसी, सन्नु कुमार, र अस्मिता अधिकारी लगायतका कलाकारहरू पनि कार्यक्रमको शोभा बढाउनेछन्।

कतारका दुई स्थानमा आतिशबाजी

ईदको अवसरमा कतारका प्रमुख दुई स्थानहरूमा रंगीन आतिशबाजीको आयोजना हुनेछ:

  • कतारा कोर्निस — जुन ६ देखि ८ सम्म, प्रत्येक रात ८:३० बजे

  • अल वक्रा पुरानो सौक समुद्री किनार — जुन ६ देखि ९ सम्म, प्रत्येक रात ८:३० बजे

कतारामा साँस्कृतिक कार्यक्रमको बहार

 

कतारा एस्प्लानाड (कतारा कोर्निस) मा जुन ६ देखि ८ सम्म हरेक साँझ ६ बजे देखि १० बजे सम्म पारम्परिक कतारी संस्कृति झल्काउने कार्यक्रमहरू आयोजना हुनेछन्। कार्यक्रममा कतारी अर्दा नृत्य, स्थानीय परिकारहरू, सांस्कृतिक प्रस्तुति, बालबालिकाका लागि उपहार वितरण लगायतका आकर्षण रहनेछ।

पुरानो दोहा पोर्टमा परिवारमैत्री कार्यक्रम

मीना जिल्ला, पुरानो दोहा पोर्ट मा पनि जुन ६ देखि ९ सम्म साँझ ६ देखि १० बजे सम्म रमाइला कार्यक्रमहरू हुनेछन्।
समुद्री सांस्कृतिक समूहको प्रस्तुति, घुमन्ते मनोरञ्जन कार्यक्रमहरू, चम्किला साइकल परेड, स्टिल्ट हिँड्ने कलाकार, हिँड्ने रुख र स्केटिङ पात्रहरू यहाँका विशेष आकर्षण हुन्।


मौसम अपडेट: ईदको सप्ताहन्तमा अत्यधिक गर्मी र तेज हावा

कतार मौसम विभागको अनुसार, ईद अल अधा सप्ताहन्तमा राजधानी दोहामा गर्मी र तेज हावा रहनेछ।
जुन ६, शुक्रबार मा अधिकतम तापक्रम ४०°C पुग्नेछ भने हावाको गति २२ नट्स (मुख्यतया उत्तरपश्चिम दिशाबाट) पुग्ने अनुमान गरिएको छ।

जुन ५, बिहीबार मा हावाको गति सबैभन्दा तीव्र रहनेछ र कहिलेकाहीँ हल्का धुलो पनि देखा पर्न सक्छ। शुक्रबार र शनिबार हावा क्रमशः कम हुँदै जानेछ।

तापक्रम विवरण:

  • बिहीबार: अधिकतम ३९°C, राति न्यूनतम ३१°C

  • शनिबार: अधिकतम ३९°C, राति न्यूनतम २८°C

समुद्री क्षेत्रको हावाको गति र छालको उचाइ क्रमशः घट्दै जानेछ:

  • बिहीबार: ४–७ फिट

  • शुक्रबार: २–४ फिट

  • शनिबार: १–४ फिट

उच्च तापक्रम र धुलोका कारण एलर्जी र संवेदनशीलता भएका व्यक्तिहरूलाई सतर्कता अपनाउन सुझाव दिइएको छ।

कतार सरकारले यस पर्वलाई सामाजिक एकता, सांस्कृतिक विविधता र परिवारबीचको सम्बन्ध मजबुत पार्ने अवसरको रूपमा हेरेको छ।

सबैलाई शुभकामना ! यो ईद अल अधा तपाईँको जीवनमा सुख, समृद्धि र शान्तिको सन्देश ल्याओस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
10
मनपर्‍यो
खुसी लाग्यो
54
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
60
रुन मन लाग्यो
हाँसो लाग्यो
7
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button