कैलालीमा बाख्रा चोरेको निहुँमा युवकको हत्या, एक महिलासहित पाँच जना पक्राउ

काठमाडौँ, कात्तिक २८-
कैलालीको गौरीगंगामा बाख्रो चोरेको निहुँमा एक युवकको हत्या भएको छ।
गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको बाख्रा धनीले कुटपिट गरेर हत्या भएको हो ।
बाख्रा चारेको आरोपमा भुलमाथि शनिबार बाख्राधनीसहित गाउँकै केही व्यक्तिले सामूहिक रुपमा कुटपिट गरेका थिए।
गम्भीर घाइते उनको उपचारका क्रममा सोमबार धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
कुटपिटमा संलग्न एक महिलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ३० वर्षीय धर्म विक, २३ वर्षीय विशाल विक, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल र ३४ वर्षीया रमा रावल छन ।
मृतक भुल राष्ट्रिय दलित पत्रकार संघ कैलालीका सहसचिव हुन्।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।