अमिरको अन्तरवार्ता आज प्रसारण हुने

अमेरिकी च्यानल नेटवर्क सिविएस ले आज चार्ली रोजको ६० मिनेट नामक कार्यक्रममा कतारको अमिर शेख तमाम विन हमाद अल थानीले दिनुभएको अन्तरवार्ता प्रसारण गर्ने भएको छ।

अमेरिकी समय अनुसार आज बेलुका ७ बजे(भोलि बिहान २ बजे,कतारी समय) प्रसारण गर्न लागिएको कार्यक्रममा साउदी प्रमुख खाडी राष्ट्रहरूले कतार माथि लगाएको नाकाबन्दीको वास्तविक कारण बारे बहस रहनेछ।

उक्त च्यानलको वेबसाइट बाट प्राप्त जानकारी अनुसार राष्ट्रपति ट्रम्प ले खाडी प्रमुख बीच डेभिड क्याम्पमा गर्ने भनिएको वार्ताको प्रस्ताव बारेमा बोल्नुभएको थियो।तर ती देश बाट कुनै प्रतिक्रिया नआएका कारण वार्ता सम्भव हुन नसकेको सिविएस ले जनाएको छ।

“मैले सिधै ट्रम्प लाई भनेको थिए,हामी तयार छौं। नाकाबन्दीको पहिलो दिन देखि नै मैले वार्ताको लागि सोधेको थिए।”अमिरले अन्तर्वार्तामा भन्नुभएको छ।

नाकाबन्दी लगाएका राष्ट्रहरूको प्रतिक्रिया बारे कार्यक्रमका उद्घोषक रोजले सोधेको प्रश्नमा “यो चाँडै नै हुने भनिएको थियो तर कुनै प्रतिक्रिया नै आएन” अमिरले भन्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button