नेपालमा कोरोना: मृतक सहित ७ जनामा पुष्टि, कुल संख्या ६८२ पुग्यो, ११२ जना निको भए भने ४ को मृत्यु

काठमाडौं – नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भए संगै नेपालमा संक्रमितको संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै ७९ मा कोरोना पुष्टि भएको हो ।

अछामका ३२ वर्षीय पुरुष, बर्दियाका २२ र २४, १८ वर्षीय पुरुषमा,  पर्साका १८ वर्षीय र काठमाडौं घर भइ बाराको कलैयामा कार्यरत पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उनको नेशनल मेडिकल कलेज विरगञ्जमा जेठ ४ गते मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ भने हाल सम्म ११२ जना कोरोना जितेर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना पुरुष र २८ जना महिला कोरोनालाई जितेर अस्पतालबाट घर फर्केका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button