बिज्ञापन

नारायणी नदीसहित ९ जिल्लाका विभिन्न नदीहरूले पार गरे खतराको तह,सचेत रहन आग्रह

चितवन,असोज १२-

शुक्रबार बिहानदेखिको लगातार वर्षाका कारण विभिन्न नदीहरूले ९ जिल्लामा खतराको तह पार गरेका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी, तिनाउ, बागमती र कोशी नदीको वहाब विभिन्न स्थानमा खतरा तह पार भएका छन्। नारायणी नदीले चितवनमा र तिनाउ नदीले रूपन्देहीमा खतरा तह पार गरेको छ।

त्यस्तै बागमती नदी काठमाडौंको बालकुमारी (मनोहरा) , भक्तपुरको जगाती, कौशलटार (हनुमन्ते), ललितपुरको खोकनामा, रौतहटको पधेरादोभानमा खतराको तह पार गरेको छ। बाराको महेशपुरमा पसाहा खोला, अरूण नदी धनकुटामा र सुनकोशी नदीले सिन्धुलीमा खतराको तह पार गरेको छ। यी मध्ये केही नदीमा पानीको वहाब अझै बढ्दो छ भने केहीमा स्थिर रहेको महाशाखाले जनाएको छ।

त्यस्तै विभिन्न नदीहरूले चेतावनीको तह पार गरेका छन्। कपिलवस्तु, तनहुँ, चितवन, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी र झापामा विभिन्न नदी तथा खोलाहरूमा पानीको वहाब सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ।
महाशाखाले शुक्रबार पनि विशेष बुलेटिन जारी गरेर सतर्क रहन आग्रह गरेको थियो।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button