बिज्ञापन

चितवनको पाँच स्थानमा भारी वर्षा रेकर्ड, नारायणीले देवघाटमा नाघ्यो खतराको तह

चितवन, असोज १२-

चितवनको विभिन्न पाँच स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार चितवन लगायत देशभरका ९८ स्थानमा अहिले पनि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण नारायणी लगायतका विभिन्न नदी र खोलाहरुमा ठूलो बाढी आएके छ ।

पछिल्लो २४ घण्टामा चितवनको त्रिशूली नदीको कालीखोलामा २७६.२ मिलिमिटर, कल्याणपुरमा २९१ मिलिमिटर, शक्तिखोरमा २३१.८ मिलिमिटर, नारायणी फिल्ड अफिस आसपास २४७.४ मिलिमिटर, झुवानीमा २३८ मिलिमिटर र देवघाटमा २४४.२ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

नारायणी नदीले देवघाटमा खतराको तह नाघेको छ भने जलसतह अझै बढ्दो क्रममा छ । यहाँ जलसतह ९ मिटरलाई खतराको तह मानिन्छ । अहिले जलसतह १०.५७ मिटर नाघिसकेको देवघाट जलसहत मापन केन्द्रले जनाएको छ ।

नारायणगढस्थित नारायणी पुलमा जलसतहले सतर्कता तह नाघेको छ । यहाँको सतर्कता तह ११ मिटर रहेकामा जलसतह बढेर १२.७२ मिट पुगेको छ । नारायणी लगायत विभिन्न १३ वटा नदी तथा खोलामा बाढीले खतराको तह नाघेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button