बिज्ञापन

कोशी ब्यारेजका सबै ढोका खोलियो

काठमाडौं, असोज १२-

निरन्तर वर्षाले जलसतह बढेपछि कोशी ब्यारेजका सबै (५६ वटै) ढोका खोलिएको छ।

ब्यारेजमा बिहान ७ बजे तीन लाख ८१ हजार ८४० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । ८ बजे चार लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको संकेत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ ।

तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारीले आग्रह गरेका छन्।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button