कतारी आईडी र पासपोर्टको म्याद सकिएका व्यक्तिलाई दूतावासले बोलायो

कतारी आईडी र पासपोर्टको म्याद सकिसकेको तर फारम भर्न नपाएका व्यक्तिलाई दूतावासले बोलाएको छ ।
दूतावासले आज एक सूचना जारी गर्दै म्याद सकिएर पनि पासपोर्ट नवीकरण गर्न नपाएकाहरुलाई अक्टोबर ४ तारिक शुक्रबार बिहान १० देखि बेलुका चार बजे सम्म फारम भरे बुझाउन सकिने बताएको छ ।
पासपोर्टको र आईडीको म्याद भएकाहरुलाई यो सेवा प्रदान नहुने दूतावासले स्पष्ट पारेको छ ।
कतारमा सामान्य तरिकाले पासपोर्ट नवीकरण गर्न भने अझै पनि सजिलो नभएको गुनासो यथावत छ ।
