कतारी अमिर र राष्ट्रपति भण्डारीबीच भेटघाट सम्पन्न

क्युएनए
कतारी अमिर शेख तमिम विन हमाद अल थानी र राष्ट्रपति विद्या देवी भण्डारी बीच हिजो ऐतिहासिक भेटघाट सम्पन्न भएको छ। हिजो अपरान्ह अमिरी दिवनमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी गार्डको एक टोलीले सलामी अर्पण गरेको थियो।
भेटघाटको सुरुवातमा राष्ट्रपति भण्डारीलाई स्वागत गर्दै यस भेटघाटले विभिन्न क्षेत्रमा दुई देश बीचको सम्बन्धलाई थप विकास तथा विस्तारमा पुग्ने महत्वलाई औल्याउनु भएको थियो।
यता कतार भ्रमणको निम्तोको लागि राष्ट्रपति भण्डारीले अमिर अल थानीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। भेटघाटले कतार नेपाल बीचको सम्बन्ध थप प्रगाढ बन्नेमा विश्वस्त रहेको बताउनुभयो।

सो अवसरमा दुईपक्षीय सम्बन्धको विभिन्न क्षेत्र विषेशगरी लगानी,शिक्षा,कृषि,खाद्य सुरक्षा तथा चार लाख भन्दा बढी नेपाली कार्यबल रहेको कतारी क्षेत्रबाटको अनुभव आदान प्रदान गर्ने विषयमा छलफल भएको छ।
सो अवसरमा कतारले नेपाली सहितको आप्रवासी कामदारको हक हितमा चालेको कदमको राष्ट्रपति भण्डारीले प्रशंसा गर्नुभएको छ। त्यस्तै कुटनीतिज्ञ,निजी तथा बिशेष राहादानीवाहकलाई बिना भिसा आवतजावत गर्न दिने लगायत अन्य थुप्रै विषयमा सम्झौता भएको छ।
सम्झौताले दुई देश बीचको कृषि क्षेत्रको विकास तथा सहकार्यलाई सहायता पुग्ने लक्ष्य राखिएको छ। छलफल तथा सम्झौता हस्ताक्षर समारोहमा दुवै देशका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो।
भेटघाट पश्चात अमिरी दिवानमा अमिर अल थानी को निमन्त्रणामा दिवा भोजको आयोजना समेत गरिएको थियो।