बिज्ञापन

कतारमा बालेनको नामबाट खोलियो रेष्टुरेन्ट

कतारमा नेपालीहरुले रेष्टुरेन्ट व्यवसायलाई तीब्र दिने क्रम जारी छ। फलस्वरूप यो कार्य दिनानुदिन बढ्दै गएको छ। दोहामा सन् १९९८  मा पहिलो पटक खुलेको चितवन टाइगर टप रेष्टुरेन्ट, नेपाली भान्साघर हुँदै काठमाडौ महानगरपालिकाको प्रमुख बालेनको नाम बाट हिजो बिहिवार खुलेको रेष्टुरेन्ट “द बालेन सिटी” को कथा र ब्याथा लामै छन् ।

करिब एक दशक देखि कतारमा कार्यरत भंगहा नगरपालिका वडा नं ०१ सिगयिही महोत्तरी निवासी गुल्जार साफी र उनका सहकर्मीहरुको सहकार्यमा खुलेको रेष्टुरेन्टको नाम द बालेन सिटी राखिएको छ। आरम्भमा १३ जना स्टाफ बाट शुरु गरिएको रेष्टुरेन्टमा १०० भन्दा बढी परिकारका नेपाली इन्डियन अरेबिक चाइनिज र फिलिपिनो खानाका परिकार उपलब्ध रहेको छ।

दोहाको अल साद मेट्रो स्टेसन नजिक द बालेन सिटी रेष्टुरेन्ट रहेको छ । पर्याप्त पार्किङ र मेन सडकमा खुलेको यस रेष्टुरेन्टले खानाका पारखी हरुको चाहना पूरा गर्न सक्ने छ। ७” जनाले खान मिल्ने ५० थरीका खानाको परिकार समेटिएको बहुबली थाली सेट यहाँको मुख्य मेनुको रुपमा केवल ९९ कतारी रियालमा उपलब्ध रहेको सन्चालक एवं प्रोपाइटर गुलजारले क्यूएनखबर लाई बताए ।

बालेनको चुलिएको लोकप्रियता यतिबेला नेपालमा मात्र नभइ खाडीको कतार सम्म पुगेको देखियो । मानवअधिकार आयोगका नेपाली प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाले रिबन काटेर  बालेन सिटीको उद्घाटन गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
148
मनपर्‍यो
खुसी लाग्यो
34
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
4
रुन मन लाग्यो
हाँसो लाग्यो
10
हाँसो लाग्यो
रीस उठ्यो
7
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!