ओरेडोले ट्याक्सी उडायो

केही समय अघि मात्र ५ जी नेटवर्क भित्राएको ओरेडो टेलिकमले आज ट्याक्सी उडाएको छ। निकट भविष्यको स्मार्ट सिटी टेक्नोलोजीको लागि कम्पनीले आफ्नो ५ जी नेटवर्कको परीक्षण गरेको हो।
आज पर्ल कतारमा भएको प्रदर्शनी कार्यक्रममा कम्पनीले हवाई ट्याक्सी,बस,डुङ्गा तथा ड्रोन चलाएर ५ जी नेटवर्कको सफल परीक्षण गरेको थियो।
ओरेडो कम्पनीको व्यवस्थापन समिति लगायत अन्य भिआइपी हरुको उपस्थितिमा सफल परीक्षण सम्पन्न गरिएको थियो। कम्पनीले सो भिडियो आफ्नो सामाजिक सञ्जालमा समेत राखेको छ।
कार्यक्रममा मुख्य आकर्षण विश्वकै पहिलो हवाई ट्याक्सी रहेको थियो। ५ जी नेटवर्कको सहायताले यसले २० मिनेट सम्मको दूरी बीच बिना ड्राइभर चल्न सक्न सक्दछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो