बिज्ञापन

तेलको मूल्य बढ्यो

भोलि जुन १ तारिख शुक्रबार बाट लागू हुनेगरी डिजल र पेट्रोलको मूल्य वृद्धि हुने भएको छ ।

पेट्रोलको भाउमा १० दिरहामले वृद्धि भई अब सुपर पेट्रोल प्रति लिटर २.१० रियाल र प्रीमियम पेट्रोलको भाउ २ रियाल रहनेछ।त्यस्तै डिजलको भाउमा पनि ५ दिरहामले वृद्धि भई जुन महिनामा प्रति लिटर २.०५ रियाल रहने कतार पेट्रोलियमले जनाएको छ।

 

सन् २०१६ को अप्रिल महिना देखि विश्व बजारको प्रतिकृया अनुसार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ । कतारमा तेलको भाउ बढ्नु अघि प्रीमियम पेट्रोलको १.२०, सुपर पेट्रोलको १.३० र डिजलको १.४० कतारी रियाल प्रति लिटर रहेको थियो।

पेनिनसुला पत्रिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button