टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

बुटवल, कात्तिक २-

दाङको बंगलाचुली गाउँपालिकामा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

चुनढुँगा लिउन जान लगेको टिपर घोराही तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने ठाउँमा रा १ ख १८५७ नम्बरको टिपर सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाले बताए ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button