मामाघर गएका दुई वर्षीय बालकलाई फलामको गेटले किच्दा मृत्यु

काठमाडौं, कात्तिक २-

फलामको गेटले किच्दा दुई वर्षीय बालकको मृत्यु भएको छ। झापाको अर्जुजनधारा नगरपालिका २ मा फलामको गेटले किच्दा दुई वर्षीय बालक शिवयम मस्कराको मृत्यु भएको हो।

शिवयमलाई आमा श्रेया अग्रवालसँगै मामाघरमा गएका वेला बिहीबार अपराह्न गेट पल्टिँदा घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल विर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो।

उपचारका क्रममा बिहीबार साँझ सवा ६ बजे उनको मृत्यु भएको हो।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button