गेस्ट हाउसमा रातको ६ हजार लिएर बालिकालाई यौनधन्दामा लगाउने पक्राउ

काठमाडौं,कात्तिक २-

एक रातको ६ हजार रुपैयाँ लिएर बालिकालाई यौनपेशामा जबरजस्ती लगाएको आरोपमा काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसका सञ्चालक पक्राउ परेका छन् । निमा गेस्ट हाउसका सञ्चालक नुवाकोट तादी ६ घर भएका सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । २९ वर्षीय तामाङविरुद्ध एक वर्षअघि नै जाहेरी परेको थियो । त्यसयता उनी फरार थिए । गेस्ट हाउस सरसफाइको काममा राखिएकी बालिकालाई यौनकर्ममा लगाएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोका अनुसार तामाङले ती बालिकासँग शारीरिक सम्बन्ध राख्ने एकजना ग्राहकबाट २ हजारदेखि ६ हजारसम्म लिने गरेका थिए ।

बालिकालाई जबरजस्ती यौनकर्ममा लगाएको भन्ने आरोपमा ब्यूरोको खटिएको प्रहरी टोलीले गेस्टहाउस सञ्चालक अभियुक्त सुजन तामाङलाई मिति शुक्रबार पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button