कतारमा रोजाको समय १५ घन्टा ९ मिनेट सम्म हुने

इस्लाम धर्मावलम्बीको पवित्र पर्व रमादान महिना भोलि सोमबारदेखि सुरु हुँदैछ। हिजो नाङ्गो अाँखा बाट रमादानको अर्धचन्द्रमा नदेखिएकाले भोलि बाट स्वत यो महिना सुरु हुन लागेको हो ।
कतार क्यालेन्डर हाउसका प्रमुख खगोलबिद डाक्टर बशिर मर्जोकको अनुसार यो वर्ष कतार लगायत अन्य अरब राष्ट्रहरुमा रोजाको समय सुर्यास्त र सुर्योदय अनुसार दिनँहु दिन परिवर्तन हुँदै जानेछ । उनका अनुसार कतारमा यो वर्ष रोजाको न्यूनतम समय पहिलो दिन १४ घन्टा हुनेछ । त्यस्तै यो दिन अनुसार वृद्धि भै अन्तिम दिन सम्ममा १५ घन्टा ९ मिनेट सम्म पुग्नेछ ।
यूरोप राष्ट्रका मुस्लिमहरुले भने सबैभन्दा लामो समय रोजा बस्नुपर्नेछ । जसमध्ये नर्वे र स्विडेनमा २०,डेनमार्क र जर्मनीमा १९ र फ्रान्समा १८ घन्टा रहनेछ । यता अर्जेन्टिनामा भने यो वर्ष विश्वकै सबैभन्दा कम समय ११ घन्टा रोजाको समय हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो