भाइटीकाका दिन भोलि कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं, कात्तिक १७-

तिहारको अन्तिम दिन भोलि भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

‘भाइटीकाको दिन कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थान तथा तराईका केही भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ’, मौसमविद् सञ्जिव अधिकारीले भने, ‘काठमाडौं उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ।’ तर वर्षा क्षणिक हुने, निरन्तर पानी नपर्ने उनले जानकारी दिए।

अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button