घाममा काम लगाउन नपाउने नियमको समय बढ्यो

कतारको मन्त्रिपरिषदले प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको गर्मी महिनामा खुला कार्यक्षेत्रमा काम लगाउन प्रतिवन्धित समय बढाउने निर्णयलाई अनुमोदन गरेको छ । अमिरी दिवानको कार्यालयमा प्रधानमन्त्री तथा गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीको अध्यक्षतामा हिजो बसेको नियमित मन्त्रिपरिषदको बैठकद्वारा सो निर्णय पारित भएको कतार न्युज एजेन्सीले जनाएको छ ।

निर्णय अनुसार अर्को वर्षबाट  लागू हुनेगरि जुन १ देखि सेप्टेम्बर १५ सम्म बिहान १० देखि दिउँसो ३:३० बजे सम्मको समयमा सिधा घाम पर्ने खुला क्षेत्रमा कम्पनीले कामदारलाई काम लगाउन नपाउने भएको छ । यसअघि यो नियम बिहान ११:३० देखि बेलुका ३ बजे सम्म रहेको थियो ।

परिमार्जित नयाँ समयले चर्को घामबाट थप २ घण्टा कामदारले राहत पाउने र यसबाट कामदारलाई सकारात्मक लाभ मिल्ने आशा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button