गर्मी ह्वात्तै बढ्यो

मे महिनामा लगभग लगभग सामान्य रहेको कतारको तापक्रम जुन लागे सँगै ह्वात्तै बढेको छ।गत महिनामा साधारणतया ३० डिग्रीको हाराहारीमा रहेको तापक्रम हिजो शुक्रबार भने ४६ डिग्री सम्म पुगेको थियो।

जुन महिना कतारको सबैभन्दा तेस्रो गर्मी महिना हो।यहाँ सबैभन्दा गर्मी महिना अगष्ट लाई मानिन्छ।यो महिना उत्तरी वायु सक्रिय हुँदा पनि गर्मी बढ्ने गर्दछ।”अल बावरिह वायु” भनेर चिनिने यो वायु सामान्य देखि कडा हुँदै धूलो सहित बहने गर्दछ।वायु सक्रिय भएको अवस्थामा समुन्द्रको छाल बढ्ने र प्रतक्ष्यता समेत घट्ने गर्दछ।वायु ६-१३,१६-२५ र २८-३० तारिख बढी सक्रिय हुने मौसम विभागले जनाएको छ।कतारको इतिहासमा जुन महिनामा सबैभन्दा बढी उच्च ४९.१ र कम न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस मापन गरिएको छ

मौसम विभागले जारी गरेको गर्मीमा अपनाउनु पर्ने सामान्य सुरक्षाका उपायहरू यस्ता छन्।

१. सिधा घाममा वा बाहिरी क्रियाकलाप सकेसम्म नगर्ने।

२.घाम परावर्तन गर्ने खालको हलुका रङ्गको मात्र कपडा लगाउने।

३.बाहिरी कामदारहरुले बेलाबेलामा छायाँ पर्ने ठाउँमा आराम गर्ने।

४.गर्मीको समयमा बच्चाहरूलाई गाडी भित्र नछोड्ने।

५.धेरै भन्दा धेरै सफा पानी पिउने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button