बिज्ञापन

अमिर यतिखेर अमेरिकामा

संयुक्त राष्ट्र संघको ७४ औं महासभामा भाग लिन अमिर शेख तमाम बिन हमाद अल थानी यतिखेर अमेरिका पुग्नुभएको छ । अमिरले आउने मङ्गलवार महासभाको उद्घाटन समारोहमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अमिरको साथमा कतारी प्रतिनिधिमण्डलको पनि सहभागीता रहेको छ ।


;

अमेरिका पुग्नुअघि गतसाता अमिरले बेलायत र फ्रान्सको पनि औपचारिक भ्रमण गर्नुभएको छ । बेलायतको प्रधानमन्त्री बोरिस जोह्न्सोन सँगको भेटमा अमिरले विभिन्न क्षेत्रमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने,खाडी तथा अन्तराष्ट्रिय क्षेत्रमा दुई राष्ट्रबीच साझा मुद्दाको विषयमा छलफल गर्नुभएको छ।

त्यस्तै फ्रान्सेली राष्ट्रपति इमानूएल मक्रोन सँग अर्को वर्ष कतार र फ्रान्सले संयुक्त रुपमा आयोजना गर्ने संस्कृति वर्षको बारेमा छलफल गर्नुभएको क्युएनएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button