रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि तयार छु: मनिष झा

पोखरा, कात्तिक ३-

राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफू शहीद बन्न तयार रहेको बताएका छन् ।

सभापति रवि लामिछाने पक्राउको विरोधमा शनिबार पोखरामा आयोजित विरोध कार्यक्रममा सम्बोधन गर्दै उनले अहिले सरकारमा रहेका दलहरु भ्रष्ट रहेको र उनीहरुलाई ठीक पारेरै छाड्ने बताए ।

शुक्रबार रवि लामिछानेले पक्राउअघि ‘यदि मलाइ जीवित छोडे भने भ्रष्टाचारी कसैलाई छाड्दैनौं’, भनेको भन्दै सहप्रवक्ता झाले भने, ‘रवि दाइ मर्न तयार हुनुहुन्छ भने म पनि मर्न तयार छु ।’ उनले अगाडि भने, ‘यिनीहरुलाई रगत चाहिएको हो, हामी रगत दिन तयार छौं, शहीद चाहिएको हो, यो दलको शहीद छैन भनेको होइन, म शहीद बन्न तयार छु, तर यो देश अब परिवर्तन गरेरै छोड्ने हो ।’

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button