शेखा आश्माले सफलतापुर्वक चढिन् आमा दब्लन हिमाल

कतारको राजकुमारी शेखा आश्मा अल थानीले आमादब्लन हिमालको सफल आरोहण गरेकी छिन् ।
यो संगै ६,८१२ मिटरको उचाइमा रहेको आमादब्लम हिमाल आरोहण गर्ने राजकुमारी शेखा आश्मा पहिलो कतारी महिला बनेकी छिन् ।
उनले यसै वर्षमा मात्रै अरु तीन वटा हिमालको सफल आरोहण गरेकी छिन् ।
“हामीले गरेर देखायौ ! हामीले हिजो, नोभेम्बर ८ को दिन बिहान १० बजे सुन्दर आमादब्लम चुमेका छौं ” चौथो शिखर समिटपछि शेखा आश्माले आफ्नो इन्स्टाग्राम पेजमा आरोहणका तस्बिरहरू सेयर गर्दै लेखेकी छिन् ।

यो भन्दा पहिले शेखा अस्माले विश्वको सातौं अग्लो हिमाल धौलागिरी र मनास्लुको आरोहण गरेकी थिइन् । त्यस्तै मनास्लु हिमाल अक्सिजनविना आरोहण गर्ने शेखा आश्मा पहिलो अरब नागरिक हुन् ।
निर्मल पुर्जाको नेतृत्वमा रहेको इलाईट एक्स्पेडिसनको व्यवस्थापनमा आश्माले राजकुमारी आश्माले नेपालको हिमाल चुम्दै आइरहेकी छिन् । पुर्जाले विश्वको ८ हजार माथिको १४ वटा हिमाल ६ महिना ६ दिनमा चढेर विश्व कीर्तिमान समेत राखेका छन् ।