प्रतिकूल मौसमले रविलाई भैरहवा ल्याउन ढिलाइ, भिजिबिलिटी नपुग्दा जहाज उड्न सकेन

बुटवल, कात्तिक २७-
खराब मौसमका कारण रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही ल्याउन कार्यमा ढिलाइ भएको छ । भैरहवामा मौसमको खराबीका कारण पोखराबाट जहाज उड्न नसकेको हो ।
बिहान पौने ८ बजे नै पोखराबाट भैरहवा ल्याउने तयारीस्वरूप रविलाई बिहान ५ बजे नै पोखरा एयरपोर्टमा लगिएको थियो । रुपन्देही प्रहरी प्रहरी प्रवक्ता लक्ष्मी खनालले भैरहवा एयरपोर्टमा भिजिबिलिटी नपुग्दा जहाज अझै उड्न नसकेको बताइन् । ‘भैरहवामा मौसम पनि खराब छ । भिजिबिलिटी नपुग्दा पोखराबाट जहाज उड्न सकेको छैन । त्यसमाथि जजिराको जहाज पनि आउँदैछ,’ डिएसपी खनालले भनिन् ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो