नेपाल २-० ले विजयी

कतार फुटबल एसोसिएसन द्वारा जारी छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले इण्डोनेशियालाई हराएको छ।बिहीबार अब्दुल्लाह विन खलीफा रंगशालामा भएको खेलमा नेपालले २-० को जीत हात पारेको हो।नेपाल यसअघि नै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ।

खेलमा कप्तान शिव श्रेष्ठ,स्ट्राइकर अर्जुन सुब्बा,मिडफिल्डर भक्त भण्डारी लगायत आफ्नो नियमित खेलाडी बेन्चमा राखेर उत्रेको नेपाली टिमले इण्डोनेशिया माथि सहज जीत निकालेको थियो।पहिलो हाफमा इन्डोनेशियाका डिफेन्डरले आत्मघाती गोल गर्दा नेपालले अग्रता लिएको थियो।नेपालका लागि दोस्रो गोल विकल बन्जारले दोस्रो हाफमा गरे।त्यस्तै खेलको अन्तिम समयमा पाएको पेनाल्टी नेपाली खेलाडी पासाङले खेर फालेका थिए।