मलेसियाका पूर्वप्रधानमन्त्री नाजिव रजाक पक्राउ

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक अाज मंगलवार पक्राउ परेका छन् । मंगलबार मलेसियाको समय अनुसार २:४५ बजेतिर रजाकलाई उनकै निवासबाट पक्राउ गरिएको हो ।

मलेसियन एन्टी करप्सन कमिसनले उनी पक्राउ परेको पुष्टि गरेको मलेसियाको स्थानीय अनलाइन द स्टारले जनाएको छ । 

लामो समयदेखि भ्रष्टाचारको आरोप खेप्दै आएका रजाकलाई राज्य विकास कोष संलग्न भएको ‘वनएमडीबी’ नामक एउटा कोषबाट ७० करोड अमेरिकी डलर कुम्ल्याएको आरोप लागेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button