लुसेल सुपर कपको लागि टिकट बिक्री खुल्यो

लुसेल सुपर कपको लागि टिकट बिक्री आज देखि खुला गरिएको छ ।
लुसेल रंगशालामा सेप्टेम्बर ९ मा साउदी प्रोफेसनल लिग र एजिप्सिएन(एजिप्ट) प्रिमिएर लिग विजेता बिचको खेल आयोजना हुँदैछ । खेल रातो ९ बजे सुरु हुनेछ ।
खेलका लागि टिकट दर ४० देखि २०० रियालसम्म तोकिएको छ । टिकट फिफाको वेबसाईट बाट मात्र खरिद गर्न सकिनेछ । टिकट खरिद गरेपछि अनिवार्य हय्या कार्ड बनाउनुपर्नेछ । हय्या कार्डबाट खेल हुने दिन निशुल्क सार्वजनिक सवारी चढ्न पाइनेछ ।
८० हजार भन्दा बढी दर्शक सिट क्षमता भएको लुसेल रंगशालामा फिफा विश्वकप २०२२ को फाइनल खेल आयोजना हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
38
मनपर्यो
22
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
2
हाँसो लाग्यो
1
रीस उठ्यो