छिमेकी राष्ट्रहरू नाकाबन्दी खोल्ने मनस्थितिमा

दि गार्जियन

कतारमाथि छिमेकी राष्ट्रहरूले लगाउँदै आइरहेको नाकाबन्दी बितेको नवौं महिना पश्चात समस्या सुधार हुने छाटकाट देखिएको बेलायती पत्रिका दि गार्जियन ले लेखेको छ।पत्रिकाको अनुसार साउदी प्रमुख राष्ट्रहरू नाकाबन्दी खोल्ने योजनाबारे अध्ययन गरिरहेको छ।योजनामा दुवै पक्षलाई सहमतीमा राखी नाकाबन्दी केही खुकुलो बनाउँदै नागरिक आवतजावतमा लगाइएको सबै रोक फुकुवा गर्ने पहिलो प्रयास रहको छ।

बेलायती प्रधानमन्त्री थेरेसा मे र साउदी अरबका युवराज मोहम्मद सलमान बीच भोलि लण्डनमा तय गरिएको भेट वार्तामा कतार सँगको समस्या छलफलको मुख्य विषय रहने विश्वास गरिएको छ।बेलायतले कतार माथिको नाकाबन्दी हटाउन यसअघि नै आग्रह गरिसकेको छ।नाकाबन्दीले खाडीको अर्थतन्त्रमा ठूलो समस्या देखिएपनि कतारले न घुँडा टेक्यो न सत्ता नै परिवर्तन गर्न राजी भयो।

साउदी अरबका राजकुमार सलमानले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वाशिंगटनमा भेट्ने कार्यक्रम पनि रहेको छ।

गत वर्षको जुन ५ देखि साउदी अरेबिया,युएई,बहराइन र इजिप्टले आतंकवादलाई सहयोग गरेको भन्दै कतार माथि जल,स्थल र हवाई मार्गमा नाकाबन्दी गर्दै आइरहेको छ।कतारले उक्त आरोप सिधै अस्वीकार गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button