बिज्ञापन

कतारमा बनिरहेको विश्वकै ठूलो जलाशय अन्तिम चरणमा

कतारमा बनाईएको विश्वकै सबैभन्दा ठूलो जलाशयको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

आपतकालीन अवस्थाको लागि निर्माण गरिएको पाँच भव्य जलाशय मध्य प्रत्येकमा १०० मिलियन गेलोन बराबरको पानी सञ्चय गर्ने क्षमता रहेको छ।यसको ७० प्रतिशत निर्माण कार्य सकिएको कतार जल तथा विद्युत निकाय कहरामा ले जानकारी दिएको छ।

योजनाले आपतकालीन अवस्थामा कतारको जनसंख्यालाई लगभग सात दिन सम्म स्वच्छ पानी पूर्ति गर्ने गरि भण्डारको लक्ष्य राखेको छ।अहिले कतारसँग जम्मा दुई दिनको पानी पूर्ति गर्ने भण्डार रहेको छ।

करिब ४.७ अर्ब अमेरिकन डलरको लागतमा रहेको जल सुरक्षा मेगा जलाशयको योजना २०१५ बाट सुरु भएको थियो।यसको प्रारम्भिक चरण अर्को वर्ष सम्ममा सक्ने लक्ष्य राखिएको छ।जलाशय उम बराका ,उम सलाल,अबु नख्ला,रव्दत राशिद र अल थुमामा मा बन्दैछ।

कतार ट्रिब्युन पत्रिकाको अनुसार जलाशयको ७० प्रतिशत निर्माण कार्य सकिएको छ भने यसको सुविधाको परीक्षण कार्य हुँदैछ।त्यस्तै पाइप लाइन को कार्य पनि ९५ प्रतिशत सकिएर परिक्षणको स्थितिमा रहेको छ।साथै देशको उत्तर देखि दक्षिण भाग सम्म जोड्ने ६६० किलोमीटर पा ईप लाइन को नेटवर्क जोड्ने क्रम सुरु भईसकेको छ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button