राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार

वीरगञ्ज (पर्सा), कात्तिक ४-

वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य हासिल गर्नेतर्फ दत्तचित्त भएर लागेको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ३८ अर्ब ८८ करोड २७ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पछिल्ला तीन महिनामा राजस्व सङ्कलनमा केही वृद्धि भए पनि लक्ष्य हासिल गर्न नसकिएको बताउनुभयो । “साउनयता मासिक लक्ष्यअनुसार राजस्व सङ्कलनमा केही वृद्धि भइरहेको छ”, उहाँले भन्नुभयो । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने करिब रु तीन करोड बढी राजस्व सङ्कलन भएको छ ।

भन्सार कार्यालयले गत आव २०८०/८१ को तीन महिनाको अवधिमा भने रु ३८ अर्ब ८५ करोड ५० लाख ९३ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले चालु आवको साउनमा मासिक लक्ष्यको ७२ प्रतिशत अर्थात् रु १२ अर्ब १६ करोड ३२ लाख राजस्व सङ्कलन गर्यो । दोस्रो महिना भदौमा भने मासिक लक्ष्यको ७१ प्रतिशत अर्थात् रु १३ अर्ब २३ करोड ९८ लाख राजस्व सङ्कलन गरेको छ । चालु आवको तेस्रो महिना असोजमा मासिक लक्ष्यको ७७ प्रतिशत अर्थात् रु १३ अर्ब ४७ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार कार्यालयले गत आवको साउनमा भने मासिक लक्ष्यको ७५ दशमलव ९६ प्रतिशत अर्थात् रु ११ अर्ब ८६ करोड ८४ लाख राजस्व सङ्कलन गरेको थियो । गत आवको दोस्रो महिनामा मासिक लक्ष्यको ६५ दशमलव ५९ प्रतिशत अर्थात् रु १२ अर्ब ७१ करोड २२ लाख राजस्व उठाएको थियो । यसैगरी, गत आवको तेस्रो महिना असोजमा भने मासिक लक्ष्यको ६५ दशमलव ३५ प्रतिशत अर्थात् रु १४ अर्ब २७ करोड ४४ लाख राजस्व सङ्कलन गरेको थियो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button