कतारका ६ गगनचुम्बी भवनहरु

कतार तिव्र गतिमा विकास भईरहेको देश मध्य एक हो । सन् २०२२ मा हुने विश्वकपको लागी देश झकीझकाउ बनाउन कतार तल्लीन छ । विकासकै क्रममा यहाँ गगनचुम्बी भवनहरु पनि प्रशस्त रुपमा बन्दै आईरहेको छ । विश्वमा भएका गगनचुम्बी भवनहरु मध्यको सुचीमा कतार १११ औ स्थानमा रहेको छ । कतारमा भएको १३७ भवनहरु (तेह्र तल्ला भन्दा अग्ला/निर्माण हुन बाँकी सहित) मध्य तपाई हामीले प्रायजसो दख्दै आइरहेको सबैभन्दा अग्लो ६ गगनचुम्बी भवनहरु बारे जानकारी गराउने उदेश्यले क्युएन खबरले तयार पारेको सुचीहरु यस्ता छन्:

१. एस्पायर टावर / द टर्च दोहा 

कतारमा अहिले सम्मकै अग्लो भवन एस्पायर टावर रहेको छ । एस्पायर टावर लाई द टर्च दोहा पनि भन्ने गरिन्छ । ३०० मीटर अग्लो यस भवनलाई टर्च दोहा पनि भनिन्छ । एस्पायर जोन र भिलाजीयो मल संगै रहेको भवनलाई हदी सिमान ले डिजाईन गरेका हुन् । टावरमा जम्मा ५१ तल्ला र १७ लीफ्ट रहेको छ । यो ३५ हजार स्क्वार मिटर क्षेत्रफलमा फैलिएको छ । सन् २००७ नोभेम्बरमा निर्माण पुरा भएको टावरको कुल खर्च € १३३,३९५,००० रहेको छ । यहाँ बाट सन् २००६ मा कतारले आयोजना गरेको १५ औ एसियन प्रतियोगिताको ज्वाला प्रज्जवलन गरिएको थियो । सन् २०११ मा यस टावरलाई पाँच तारे होटलमा परिवर्तन गरिएको थियो ।

२. बर्जील टावर

अल फर्दिन रेसिडेन्सेस र केम्पीन्स्की रेसिडेन्सेस एन्ड सुइट्स पनि भनेर चिनिने बर्जील टावर कतारको दोस्रो अग्लो भवन हो । यसलाई अरब इन्जिनियरिङ्ग ब्यूरो द्धारा डिजाइन गरिएको थियो । सन् २००९ मा निर्माण पुरा भएको यस टावर जम्मा ६४ तल्ला जमिन माथी र तल २ तल्लाले बनेको छ । यो जम्मा २५३.३ मिटर अग्लो रहेको छ । यो दोहाको वेस्ट बे मा अवस्थित छ । अपार्टमेन्टका लागी यो भवन प्रयोगमा रहेको छ ।

३. पाल्म टावर्स

पाल्म टावर्स कतारको तेस्रो अग्लो भवनमा पर्दछ । यस जुम्ल्याह टावरलाई ए र बी भनेर नामाकरण गरिएको छ । यो दुबै जम्मा २४४.४ मिटर अग्लो रहेको छ । ५७ तल्ला जमिन माथी र २ तल्ला जमिन तल यस भवनहरु भित्र २६ वटा लिफ्ट र भवन अगाडी छुट्टै ८ तल्ले भवन मा २१८८ पार्किङ्ग स्थानहरु रहेका छन् । यो व्यापारिक कार्यलयका लागी बनाईएको भवनहरु हो जसमा २९२ वटा कार्यलयहरु रहेका छन् । सन् २०११ मा उद्घाटन भएको पाम टावरर्स लाई एम जेट आर्कीटेक्टस्ले डिजाईन गरेको हो ।

४. वर्ल्ड ट्रेड सेन्टर दोहा

वर्ल्ड ट्रेड सेन्टर जम्मा २४१ मिटर अग्लो रहेको छ । यो दोहाको वेस्टबे मा अवस्थित छ । भवन ५१ तल्ला जमिन माथी र ४ तल्ला जमिन तल रहेको छ भने यस भित्र २७ वटा उच्च गतिका लिफ्टहरु र ११७३ पार्किङ्ग स्थान रहेका छन् । सन् २०१३ मा निर्माण भएको यस भवन जेनेरल इन्सुरेन्स र रि इनसुरेन्स कम्पनीको रहेको छ । यसलाई एम जेट र पाटर्नर्सले डिजाइन गरेको हो । सन् २०१३ मा यसको निर्माण कार्य पुरा भएको थियो ।

५. बुर्ज दोहा / दोहा टावर 

बुर्ज कतारले चिनिने दोहा टावर कतारको पाँचौ अग्लो भवन हो । १२५ मिलियन डलर खर्चमा बनेकोे यस भवन २३२ मिटर अग्लो ,४६ तल्ला जमिन माथी र ३ तल्ला जमिन तलले बनेको छ । यस भित्र २३ वटा लिफ्टहरु र ११७३ पार्किङ्ग स्थान रहेका छन् । यसलाई फ्रान्सका जीन नैभेलले डिजाइन गरेका हुन । सन् २०१२ मा बनेको यो भवन सिलिन्डर आकारका रहेको र भवनको व्यास १४८ मिटर रहेको छ । व्यवसायीक कार्यलयका लागी भवन प्रयोगमा छ । यो अल कर्नेश स्ट्रीट,वेस्ट बे मा अवस्थित छ । सन् २०१२ मा यसको निर्माण कार्य पुरा भएको थियो ।

६. हिल्टन डबल ट्रि सिन्यर टावर


सन् २०१६ मा निर्माण कार्य पुरा भएको यस टावर जम्मा २३० मिटर अग्लो रहको छ । दिवान अल इमारा द्धारा डिजाईन भएको यस भवन जमिन माथी ५३ र तल २ तल्लाले बनेको छ । यो अल कर्नेश स्ट्रीट,वेस्ट बे मा अवस्थित छ ।अपार्टमेन्टका लागी यो भवन प्रयोगमा रहेको छ ।

– दि स्काईक्र्यापर सेन्टर डट कममा आधारित


कतारका अरु धेरै  समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button