कतार आफैले कामदार ल्याउने

नेपाली कामदारको प्रमुख गन्तव्य रहेको कतार आफैले कामदार ल्याउने प्रक्रिया अघि बढाउने भएको छ।नेपाल लगायत अन्य ७ राष्ट्र बाट आफैले कामदार ल्याउन “एक ढोका प्रक्रिया” अघि बढाएको आजको  हिमालयन टाइम्स मा समाचार छ।

‘कतार सधैं कामदारको लागि सुरक्षित स्थान हो,समस्या नेपालमा नै छ।वैदेशिक रोजगारका लागि यहाँको म्यानपावरले बनाउने नक्कली कागजपत्र सहितको प्रक्रिया लगायतले कामदारहरुले विदेशमा समस्या भोग्नु परेको हो,’राजदूत हेलले बताए।

कतारमा हाल ४ लाख भन्दा बढी नेपालीहरु कार्यरत  छन्।

कतारले कामदार ल्याउन नेपालमा आफ्नै कम्पनी खोलेर कामदारको भर्ती,प्रवेश लगायत अन्य सम्बन्धित प्रक्रिया अघि बढाउने बताएको छ।साथै यो प्रक्रिया ६ महिना भित्र बाट सुरु हुने नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हेलले बताएका छन्।

कतार आउन अघि कामदारले थाहा पाउनुपर्ने कुराहरू भनेको त्यहाँको भाषा,संस्कृति,मौसम, कानून,काम,तलब लगायतका विषय हुन्।अब बन्ने कम्पनीले कामदारलाई यी सबै कुराहरू बुझाउनेछ।नेपालमा बन्ने कम्पनीको लागि सर्वेक्षण समेत भइसकेको छ।

‘कतार सधैं कामदारको लागि सुरक्षित स्थान हो,समस्या नेपालमा नै छ।वैदेशिक रोजगारका लागि यहाँको म्यानपावरले बनाउने नक्कली कागजपत्र सहितको प्रक्रिया लगायतले गर्दा कामदारहरुले विदेशमा समस्या भोग्नु परेको हो,’राजदूत हेलले बताए।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button