एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छः उषाकिरण

काठमाडौँ, कार्तिक ४-

नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले एक्लै भएपनि सत्यको पक्षमा उभिनुपर्ने बताएकी छन् । पार्टी कार्यालय निर्माण गर्न व्यापारीले जग्गा दान गरेको विषयमा आलोचना गरेको भन्दै पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै उनले यस्तो बताएकी हुन् ।

गौतम बुद्धको भनाइ कोट गर्दै उनले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ ।’ उनले पार्टी कार्यालय भवन निर्माणमा व्यापारीको सहयोग लिनु गम्भीर गल्ती भएको भन्दै सामाजिक सञ्जालमा लेख्नुका साथै अन्तरवार्ता समेत दिएकी थिइन् ।

यस्तै अभिव्यक्ति दिएका नेता भीम रावल र बिन्दा पाण्डेलाई पनि स्पष्टीकरण सोध्ने एमालेको सचिवालय बैठकले निर्णय गरेको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button