आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा काठमाडौँमा एक महिला पक्राउ

काठमाडौं,कात्तिक ५-

बालिकालाई बन्धक बनाएर आफ्नै घरमा यौन धन्दा चलाएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षकी सीता गोतामेलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेर उनलाई अदालतबाट म्याद लिएर मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान गरिरहेको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए।

गोतामेले आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर राखेकी बालिकालाई मासिक २० हजार रुपैयाँ दिने भनेकी थिइन्। तर बालिकालाई घरबाट बाहिर समेत निस्कन नदिई वेश्यावृत्तिमा लगाएको एसपी मिश्रको दाबी छ। बालिकालाई वेश्यावृत्तिमा लगाएर एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको खुलेको छ। उनको घरबाट प्रहरीले कात्तिक २ गते चार जना बालिकाको उद्धार पनि गरेको थियो।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button