कतारलाई टापु बनाउने साउदी योजनाको चर्को बिरोध

अल जजिरा

साउदी अरबले कतारलाई टापु बनाउने योजना विरुद्ध सामाजिक सञ्जाल ट्विटरमा चर्को बिरोध भइरहेको छ।साउदीको पत्रिका सब्कले बिहीबार कतार सँगको सिमानामा समुन्द्र बनाउने योजना बारे समाचार गरेपछि विरोध सुरु भएको हो।तर सो योजनाको सरकारी तह बाट आधिकारिक पुष्टि भने भएको छैन।

पत्रिका अनुसार सरकारी स्वीकृति बाँकी रहेको योजना अन्तर्गत साउदी-कतार नाकामा बनाइने जलमार्ग ६० किलोमीटर लम्बाई, २०० मीटर चौडाई र यात्रुबाहक जहाज र कन्टेनर आवतजावत गर्न मिल्ने गरी १५ देखि २० फीट सम्मको गहिराई हुनेछ।साउदी क्षेत्रको सल्वा र खवर अल उदेडमा बनाइने जलमार्गको उत्तरी भागमा कतार सँगको स्थल सिमाना स्थायी रुपमा बन्द गरी सैनिक तैनाथ गरिनेछ।एक वर्ष भित्र पूरा गर्नेगरी यस योजनाको लागत खर्च २.८ बिलियन साउदी रियाल रहनेछ।

सामाजिक सञ्जाल ट्वीटरको मध्यपूर्वमा भने “#salwamaritimechannel” विषय नम्बर १ ट्रेण्डिङ मा परेको छ।साउदी अरेबिया एक्लैले यस्तो निर्णय लिन नमिल्ने र अन्तराष्ट्रिय नियमको पालना गर्नुपर्ने भन्दै धेरैले विरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button