१० दिनपछि अवकाशमा जान लागेकी डीआईजी किरण बढुवामा सिफारिस

काठमाडौँ, कात्तिक ५-

नेपाल प्रहरीका दुई जना प्रहरी नावय महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस हुनेहरूमा डीआईजी किरण राणा र डा.सुन्दरप्रसाद ह्योजु रहेका छन् । १० दिनपछि अवकाशमा जान लागेकी डीआईजी किरण राणालाई हिजो (आइतबार) बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरिएको छ ।

किरणसँगै डा.सुन्दरप्रसादको नाम बढुवाका लागि सिफारिस गरेको समितिका सदस्य सचिवसमेत रहेका आईजी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका किरण केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पादमा कार्यरत छन् । प्राविधिक समूहका डा.सुन्दरप्रसाद नेपाल प्रहरी अस्पपताल महाराजगंजमा कार्यरत छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button