पार्किङ्ग शुल्क बढ्यो

कतारको अर्थ तथा वाणिज्य मन्त्रालयको समितिले पार्किङ शुल्क बढाउने निर्णय गरेको कतार ट्रिव्युन पत्रिकाले लेखेको छ। निर्णय अन्तर्गत पहिलो चार घण्टाको पार्किङ्ग शुल्क ३ रियाल रहनेछ। त्यसपछिको प्रत्येक घण्टामा ५ रियाल थप हुनेछ। समितिले एक दिनको अधिकतम पार्किङ्ग शुल्क ७० रियाल तोकेको छ।
त्यस्तै ३ घण्टा सम्मको लागि वालवेट पार्किङ्गको अधिकतम शुल्क ३० रियाल रहनेछ। भिआईपी पार्किङ्ग शुल्क ३ घण्टाको लागि ६० रियाल पर्नेछ। टिकट हराएमा ७० रियाल जरिवाना लाग्नेछ।
पुरानो शुल्क अनुसार सवारी धनीले पहिलो दुई घण्टाको पार्किङ्ग शुल्क २ रियाल तीन र चार घण्टाको लागि ३ रियाल र पाँच घण्टा पछिको प्रत्येक घण्टा ५ रियाल लाग्दथ्यो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो