‘प्रहरीलाई आधुनिक र प्रविधियुक्त तालिम आवश्यक’

विराटनगर, मंसिर २८-

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेरचन्द्र खापुङले प्रहरीलाई परम्परागत भन्दा आधुनिक र प्रविधियुक्त तालिमको आवश्यकता रहेको बताउनुभएको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको ५८औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै उहाँले हालको तालिम प्रक्रिया परिस्कृत गर्नुपर्ने धारणा राख्नुभयो । सूचना प्रविधिको प्रयोग प्रहरी तालिममा प्रयोग गर्नुपर्ने धारणा उहाँले राख्नुभयो ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरका प्रमुख अभिनारायण काफ्लेको अध्यक्षतामा सम्पन्न सो समारोहमा ‘प्रहरी जवान’ नामक स्मारिका विमोचन गर्नुका साथै विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको थियो । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button