कतार विश्वकै सबैभन्दा सुरक्षित राष्ट्र

कतारले पछिल्लो वर्ष झै यो वर्ष पनि विश्वकै सबैभन्दा सुरक्षित राष्ट्रहरूको स्थानमा उल्लेखनीय प्रगति गरेको छ। कतारले कम अपराधको दर कायम गर्दै विश्व सुरक्षा स्थितिको आधारमा पहिलो सुरक्षित राष्ट्र बन्न सफल भएको हो ।
२०१५ देखि २०१९ सम्मको तथ्यांक

ग्लोबल क्राइम इन्डेक्स (नम्बिवो) को ११३ राष्ट्रको वार्षिक प्रदिवेदन अनुसार कतार विश्व वरीयतामा पहिलो स्थानमा पर्न सफल भएको हो । यसअघि कतार सन् २०१५ मा नवौ,२०१६ मा सातौ ,२०१७ र २०१९ मा पहिलो,२०१८ मा दोस्रो सुरक्षित राष्ट्र बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो