बयानका लागि रविलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडौँ, कात्तिक ६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार बयानका लागि लामिछानेलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको हो ।
रास्वपाका सभापति लामिछाने कार्तिक २ मा पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् । उनीविरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो