दिल्लीबाट काठमाडौं आएको जहाजमा बम राखेको हल्लापछि ‘सर्च’ गर्दै सेना

काठमाडौं,कात्तिक ६-

भारत नयाँदिल्लीबाट काठमाडौं आएको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएपनि सेनाले सर्च गरिरहेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको जहाजमा सेनाले सुरक्षा प्रोटोकल अनुसार सर्च गरिरहेको हो ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ल्याण्ड गरिसकेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएपछि विमानस्थलले सेनालाई बोलाको हो । दिल्लीमा हिजो मात्रै ३० वटा जहाजमा बम राखेको भन्दै हल्ला फैलिएको थियो । तर सत्य नभई हल्ला मात्र रहेको पाइएको थियो ।

भारतमा भने दैनिक रुपमा विमानमा बम राखेको हल्ला भइरहेको छ । कुन उद्देश्यले कसले हल्ला फैलाइएको भन्ने बुझ्न सकिएको छैन ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button