राजदूत र कतारी श्रम मन्त्री बीच भेटवार्ता सम्पन्न

कतारका लागि नेपाली राजदूत प्रा. रमेश प्रसाद कोइराला र कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री इसा विन साद अल जफली अल नुएमी बीच हिजो भेटवार्ता सम्पन्न भएको छ।
भेटघाटमा नेपाल कतारबीचको कूटनीतिक र श्रम सम्बन्ध लगायत द्विपक्षीय सम्बन्ध अभिवृद्धि र विस्तारका सम्बन्धमा हालका दिनहरूमा भएका प्रगतिहरूको समीक्षा गर्नुका साथै विशेष गरी कतार सरकारले नेपाल लगायतका देशहरुमा स्थापना गर्न लागेको आवासीय सेवा केन्द्रको सम्बन्धमा छलफल भएको छ।
साथै नेपाली श्रमिकहरुलाई पर्न सक्ने थप आर्थिक भारका सम्बन्धमा राखिएको जिज्ञासामा कतार सरकारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री नुएमीले सेवा केन्द्रबाट नेपाली श्रमिकहरुले स्वास्थ्य परिक्षण लगायतका सेवाहरु पाउने र सो बापत श्रमिकलाई थप आर्थिक दायित्व नपर्ने बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो