मोहम्मद मुक्तदा एनआरएनए कतारको अध्यक्ष पदमा निर्वाचित

नेपाली कामदारहरुको प्रमुख गन्तव्य रहेको मध्यपूर्वको देश कतारमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति (एनआरएनए) २०१९– २१ कार्यकालका लागि निर्वाचन भएको छ । हिजो दोहास्थित नेपाली राजदूतावासमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा प्रतिस्पर्धी तेज कटुवाललाई पछि पार्दै मोहम्मद मुक्तदा मुसलमान अध्यक्ष पदमा निर्वाचित भएका छन्  । जितका लागि मुसलमानले खसेको जम्मा ३ हजार ९२ मत मध्य २ हजार ६६ मत प्राप्त गरेका छन् ।

यता आइसिसी सदस्यमा युवराज शर्मा , केबी हमाल , रमेश भट्ट र होमनाथ शर्मा निर्वाचित भएका छन् ।

मुसलमानले नेतृत्व गरेकोे समूह अन्तर्गत अन्य उम्मेदवारहरूले समेत बिजय हात पारेका छन् ।

मुसलमानको नेतृत्वमा चयन भएको नयाँ कार्यसमिति :

प्रथम उपाध्यक्ष : उत्तम गुरुङ

द्वितीय उपाध्यक्ष : टंक कुमार खड्का 

महासचिव : पदम गिरी

सचिव : उपसर खान , नेत्र भुजेल

कोषाध्यक्ष : विनोद प्रसाद बसौला

सह-कोषाध्यक्ष : तनविर आलम

युवा संयोजक : रविन मगर

महिला उपाध्यक्ष : सरिता भण्डारी 

महिला संयोजक : अम्बिका खत्री (निर्विरोध)

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button