बिज्ञापन

छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा ल्याइँदै, रविलाई बुटवल लैजाने तयारी

पोखरा,कात्तिक ७-

सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देहीबाट आज पोखरा ल्याइने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सोमबार रुपन्देही लगिएको थियो । बुटवस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत पूर्वडिआइजी जोशी सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कमा अनाधिकृत रुपमा लगानी गरेपछि बयानको लागि रुपन्देही लगिएको थियो ।

जोशीसँग दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुध्द एयरको जहाजमार्फत पोखरा ल्याउने तयारी गरेको प्रहरीको भनाइ छ । आज मध्याह्न साढे १२ बजेको उडानमार्फन उनलाई पोखरा ल्याइन लागिएको हो । मंगलबार उनीसँग झण्डै सात घण्टा सरकारी वकिलको कार्यालयमा बयान लिइएको थियो । बयान सकिएकाले पुनः कास्की पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी लक्ष्मी खनालले बताइन् ।

रविलाई बुटवल लैजाने प्रहरी तयारी

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवल लैजाने तयारी प्रहरीको छ । लामिछानेविरुद्ध बुटवलमा जाहेरी नपरे पनि जोशीको वयानका आधार लामिछानेलाई बुटवल लैजाने तयारी प्रहरीको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले पनि पार्टी सभापति लामिछानेलाई बुटवल लैजाने प्रहरीको तयारी रहेको सूचना पाएको बताएका छन् ।

‘छविलाई जहाँजहाँ लैजाने हो हाम्रा सभापतिलाई पनि उनको बयानका आधारमा त्यहीँ त्यहीँ लैजाने तयारी प्रहरीले गरेको सूचना पाएका छौं,’ रास्वपाका एक शीर्ष नेताले भने, ‘सरकारको दुःख दिने नियत नै भएपछि के लाग्छ र ?’ म्याद थपका लागि पुन अदालतमा पेस गरेपछि लामिछानेलाई शुक्रबार बुटवल लैजाने तयारी रहेको स्रोतको भनाइ छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button
error: <b>सावधान: </b>सामग्री चयन बन्द गरिएको छ !!