प्रधानमन्त्रीबाट सरकारले सम्पादन गरेका प्रमुख कार्यको उपलब्धिबारे सम्बोधन

काठमाडौँ, कात्तिक ७-

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेको सय दिनको अवधिमा सम्पादन भएका प्रमुख उपलब्धिबारे सम्बोधन गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा उहाँले यस अवधिमा भएका प्रमुख कार्य अहिले सार्वजनिक गरिरहनुभएको छ ।

गत असार ३१ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

प्राकृतिक विपत्तिका बीचमा पनि वर्तमान सरकारले सुशासन, विकास र आर्थिक समृद्धि तथा भ्रष्टाचार नियन्त्रणका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ । रासस

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button