जुन १२ मा किम र ट्रम्पको बार्ता, सुरक्षा गोरखा सैनिकले दिने

सिंगापुरमा १२ जुनमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरीयाका राष्ट्रपति किम जोङ बिच ऐतिहासिक शिखर सम्मेलन हुँदैछ । उक्त ऐतिहाँसिक भेटमा किम र ट्रम्पको शुरक्षाको लागि सिंगापुरको इलीट पुलिस अन्तर्गत रहेका नेपाली ‘गोरखा जवानहरुलाई खटाईने भएको छ । विश्व समुदायमा बिर गोर्खाली जवान बहादुर हुन्छन् भन्ने मान्यता रहेको कारण नेपाली जवानहरुलाई छानिएको हो ।यद्यपी दुवै तर्फका नेताहरुको आआफ्नै ब्यक्तीगत शुरक्षाकर्मी साथमा हुनेछन् तर पनि दुई नेता बस्ने होटल रोड र कार्यक्रम स्थलमा सिंगापुरका इलीट प्रहरीमा रहेका गोरखा जवानलाईनै रोजीएको छ ।
हालै सिंगापुरको सांग्रिला होटलमा भएको एक सेक्युरीटी कन्फरेन्स्मा धेरै मात्रामा गोरखा जवानहरुको उपस्थीती देखिएको थियो जानकारका भनाईेअनुसार उक्त सम्मेलन जून १२ मा हुने किम ट्रम्पको यसै ऐतिहाँसीक भेटको पूर्व तयारी थियो ।
गोरखा जवानलाई सिंगापुरले नेपालबाट लिएर नियुक्ती गरेको हो ।गोरखा जवानको साथमा बेल्जियममा बनेको ँल् क्ऋब्च् असल्ट राइफल हुनेछ ।असल्ट राइफलसँगै उनीहरुले पेस्तोल लगायत बिकसीत शुरक्षाका उपकरण बोकेतापनि नेपालीको पहिचान बोकेको परंपरागत खुकुरी पनि लिनेछन् ।
जानकारी अनुसार हाल सिंगापुर पुलिसमा १८०० गोरखाली जवान रहेका रहेका छन् ।अमेरीकी राष्ट्रपति डोनाल्ड ट्म्प र उत्तरकोरीयाका राष्ट्रपति किम बिच हुने भेटमा आणवीक निशस्त्रीकरण र दुई देशबिचको सम्वन्ध सुधारको विषय उठाईने बताईएको छ ।
(आजतक हिन्दीबाट अनुबाद गरीएको)