गोलभेँडाको मूल्य हालसम्मकै उच्च

काठमाडौँ, कात्तिक ८-

पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ । उपत्यकावासीको माग अनुसार गोलभेँडाको आपूर्ति हुन नसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

खुद्रामा यसको मूल्य प्रतिकेजी दुई सय रुपियाँदेखि २५० रुपियाँसम्ममा किनबेच भइरहेको छ । समितिका अनुसार केही दिनअगाडि देशभर आएको अविरल वर्षाले गोलभेँडा खेतीमा क्षति पुगेकाले मूल्य उच्च भएको हो । कालीमाटीका व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले गोलभेँडाको मूल्य यति धेरै महँगो भएको यो पहिलो पटक भएको बताउनुभयो ।

उहाँका अनुसार यहाँभन्दा अघि गोलभेँडाको मूल्य यति धेरै महँगिएको थिएन । उपभोक्ताले बढीमा १५० देखि १८० रुपियाँ तिरेका थिए । उहाँका अनुसार अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट तीन हजारदेखि तीन हजार पाँच सय रुपियाँसम्म पुगेको छ । तिहारपछि बिस्तारै गोलभेँडाको मूल्य घट्ने बताउनुभयो । आचार्यका अनुसार हाल काठमाडौँ र भक्तपुरका केही ठाउँबाट गोलभेँडा आइरहेको छ ।

यसअघि काठमाडौँ उपत्यका, चितवन, रामेछाप, धादिङ, पालुङ, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटलगायतका जिल्लाबाट कालीमाटी तरकारी बजारमा गोलभेँडा आउने गरेका थियो ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button