अर्जुन सापकोटाको गीत ‘दुःख साटम्ला’ ट्रेन्डिङमा

काठमाडौं, कात्तिक ८-

दशैं सकिएपछि युट्युबको नेपाल ट्रेन्डिङमा गीतहरुको हेरफेर सुरु भएको छ । तिहार सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदा विभिन्न जनराका गीत ट्रेन्डिङमा छन्, यसले खाली समयमा संगीतप्रेमीको रुचिलाई दर्शाउँछ ।

म्युजिक खण्डतर्फको शीर्ष स्थानमा अर्जुन सापकोटाको गीत ‘दुःख साटम्ला’ स्ट्रिमिङ भइरहेको छ । अर्जुनको संगीत, सन्तोष सापकोटाको शब्द तथा देवी घर्ती, समीक्षा अधिकारी र अर्जुनकै स्वर रहेको यो गीत तीन दिनअघि रिलिज भएको थियो ।

यो गीतलाई झण्डै ८ लाख पटक हेरिएको छ । प्रेमी-प्रेमिकाले मायामा गर्ने प्रतिबद्धतालाई मर्मस्पर्शी ढंगले कम्पोज गरिएको यो गीत केही दिनमै ट्रेन्डिङमा उक्लिएको हो ।

यो साताको ट्रेन्डिङको शीर्ष १० मा दुई के-पप गीत छन् । यी दुवै गीत ब्ल्याकपिंकका दुई सदस्यका एकल गीत छन् । रोजी र ब्रुनो मार्सको ‘एपिटी’ नेपाल ट्रेन्डिङको दोस्रो स्थानमा छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button